PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रधानमन्त्रीले स्वीकारे : 'हो, हामी अनुशासनहीन'



प्रधानमन्त्रीले स्वीकारे : 'हो, हामी अनुशासनहीन'

काठमाडौँ : प्रधानमन्त्री सुशील कोइरालाले गरेको प्रतिवद्धता पूरा गर्न नसक्ने आफूहरु अनुशासनहीन भएको स्वीकार गरेका छन्। इन्द्र अधिकारीद्वारा लिखित मिलिट्री एण्ड डेमोक्रेसी इन नेपाल(नेपालमा सेना र प्रजातन्त्र) नामक पुस्तकको मंगलबार अपरान्ह काठमाण्डौंमा विमोचन गर्दै प्रधानमन्त्री कोइरालाले भने, 'नेपाली सेना हैन बरु हामी पो अनुशासनहिन बनिरहेका छौ । प्रतिबद्धता व्यक्त गर्दछौ तर पूरा गर्न सकिरहेका छैनौँ।'
 
उनले भने,“ लोकतान्त्रिक संविधान दिन सहमति गरिएको हो तर किन कठिन भैरहेको छ ? बाहिर कतैबाट दबाब आएको छैन  र आउन पनि सक्दैन।”
 
संविधान निर्माणको प्रसंग उठाउदै प्रधानमन्त्रीले भने,'टुंग्याउने भनेपछि टुंग्याउदै जानु पर्‍यो हैन भने प्रकृयामा जान्छ।'
 
प्रधानमन्त्री कोइरालाले गत वर्ष संविधानसभाको निर्वाचन सम्पन्न भैसकेपछि राजनीतिक दलहरुका नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक समितिमा भरसक सहमतिमा नै संविधान ल्याउने तर संभव नभए प्रकृयामा जाने निर्णय भएको पनि बताए।
 
'कोही पनि सहमतिको विरुद्धमा छैन,' प्रधानमन्त्री कोइरालाले भने, 'तर सहमति भनेको लेनदेन पनि हो। सबैको जीत हुने र कसैले पनि पराजित भएको महशूस नगर्ने अवस्था पनि हो। जोर जबरजस्ती गरेर त सहमति हुदैन नि!'
 
अहिलेको जटिल अवस्थामा केही पाउन केही गुमाउन पर्ने आवश्यकता पनि उनले औल्याए।
 
प्रधानमन्त्री कोइरालाले संविधान लेखन र सहमतिका बारेमा  नेपालको अनुपम उदाहरण प्रस्तुत गर्दै भने, 'अरु देशमा पक्ष विपक्षमा मतभेद भएपछि महिनौ बोलचाल र वार्तालाप बन्द हुन्छ।  तर नेपालमा मतभेद भएपनि संगै बसिरहेका छौँ। छलफल र वार्ता भएको छ।'
 
संवादको प्रकृया जारी रहेकोले सहमति कायम हुने आशा गर्दै उनले भने, “ शान्ति प्रकृयाका बेलामा पनि वार्ता चल्दाचल्दै उतारचढावका कुरा आउथेँ। शिविरका लडाकूहरु हतियार बोकेर निस्कन लागे भन्ने आउँथ्यो। त्यस्तो कठिन अवस्थामा त ती जटील विषयहरुमा सहमति भयो भने सबै राजनीतिक दलहरुले जनताको सामु प्रतिबद्धता जनाएको संविधान निर्माणमा हुन नसक्ने अवस्था छैन ।”
 
कार्यक्रममा प्रधानमन्त्री कोइरालाले मुलुकका ३० ÷ ३५ लाख युवाहरु रोजगारीका लागि विदेशिएको अवस्थामा पनि हासिल भएका उपलब्धिहरुलाई संस्थागत गर्न छोडेर आन्दोलनमा जाने कुरा गर्नु अपराध जस्तै भएको कुरा बताए।
 
उनले यूरोप र अमेरिका गएका नेपालीले उचित वातावरणमा काम गर्न पाए पनि खाडी परिषद्का मुलुकमा गएका नेपालीहरुले भयावह अवस्थामा काम गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell