PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

१० महिनामै दोस्रो पटक बढ्यो दूधको भाउ, अब निलो प्याकेटको ३२, हरियोको ४० रुपैयाँ



१० महिनामै दोस्रो पटक बढ्यो दूधको भाउ, अब निलो प्याकेटको ३२, हरियोको ४० रुपैयाँ

  • सविन मिश्र/पहिलोपोस्ट-
काठमाडौं : दुग्ध विकास संस्थान (डिडिसी)ले १० महिनामै दोस्रो पटक दूधको भाउ बढाएको छ। सरकारी स्वामित्वको संस्थानले बुधबारदेखि लागू हुने गरी लिटरमा आठ र १० रुपैयाँ बढाएको छ। 

डिडिसीले निलो प्याकेटको स्टान्डर्ड दूधको मूल्य ५६ बाट बढाएर ६४ रुपैयाँ पुर्‍याएको छ। यस्तै हरियो प्याकेटको दूधको मूल्य पनि लिटरमा १० रुपैयाँ बढेको छ। अब हरियो प्याकेटको दूधको मूल्य ८० रुपैयाँ प्रतिलिटर पुगेको छ। यसअघि यो दूध ७० रुपैयाँ लिटरमा पाइन्थ्यो।

यस्तै संस्थानले गाईको दूधको मूल्य पनि लिटरमा आठ रुपैयाँले नै बढाएको छ। यसअघि लिटरको ६४ पर्ने गाईको दूधको मूल्य अब भने लिटरको ७२ पर्छ।

डिडिसीले मूल्य बढाएसँगै अब उपभोक्ताले निलो प्याकेटको दूध किन्दा ३२ रुपैयाँ र हरियो प्याकेटको  दूध किन्दा ४० रुपैयाँ तिर्नुपर्छ। यसअघि निलो प्याकेटको दूधलाई २८ र हरियो प्याकेटको दूधलाई ३५ रुपैयाँ पर्थ्यो।

डिडिसीले यसअघि २०७० फागुन ८ गते दुधको मूल्य बढाएको थियो। त्यतिबेला उसले निलो प्याकेटको दूधमा तीन रुपैयाँ र हरियो प्याकेटको दूधमा प्रतिलिटर चार रुपैयाँ बढाएको थियो। 

बढेको मूल्यबाट ६९ प्रतिशत किसानलाई

डिडिसीले हरेक पटक मूल्य वृद्धि गर्दा किसानको दबाब थेग्न नसकेकाले बढाउनु परेको बताउँदै आएको छ। यसपटक बढेको मूल्यबाट भने किसानका लागि पनि केही छुट्याइएको छ। डिडिसीका अनुसार बढेको मूल्यबाट किसानका लागि ६९ प्रतिशत र उद्योगका लागि ३१ प्रतिशत छुट्याइएको हो।

यससँगै किसानले बढाएको १० रुपैयाँबाट ६ रुपैयाँ ९० पैसा तथा आठ रुपैयाबाट पाँच रुपैयाँ ५२ पैसा पाउँछन्। यस्तै बाँकी रहेको तीन रुपैयाँ १० पैसा तथा चार दुई रुपैयाँ ४८ पैसा भने उद्योगको भागमा जानेछ।

पाँचपक्ष मिलेर गरे निर्णय

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालका अनुसार केन्द्रीय दुग्ध सहकारी संघ, दुग्ध विकास बोर्ड, कृषि विकास मन्त्रालय, दुग्ध विकास बोर्ड तथा संस्थानले मिलेर दूधको मूल्य बढाउने निर्णय गरेका हुन्।

पाँच पक्ष मिलेर गरेको सहमतिलाई डिडिसीको मंगलबार बसेको बोर्ड बैठकले अनुमोदन गरी मूल्य बढाउने निर्णय गरेको दाहालले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell