PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सुन सुराकी कान्ड : वास्तविक सुराकीलाई बाइपास गरेकोबारे अख्तियारले अनुसन्धान गर्ने



सुन सुराकी कान्ड : वास्तविक सुराकीलाई बाइपास गरेकोबारे अख्तियारले अनुसन्धान गर्ने

काठमाडौँ : ३५ किलो सुन सुराकी कान्डमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अडियो भिडियोको प्रमाणसहित पठाउने निर्णय संसद्को सार्वजनिक लेखा समितिले गरेको छ।

आज यस विषयमा जानकारीका लागि गृहमन्त्री वामदेव गौतमलाई बोलाइसकेपछि लेखा समितिले गरेको निर्णयमा भनिएको छ,  'अडियो भिडियोसहितको प्रमाण हेर्दा वास्तविक सुराकीलाई बाइपास गरे जस्तो देखिएको छ।' यस विषयमा थप अनुसन्धान गर्न समितिले यसलाई अख्तियारमा पठाउने निर्णय गरेको छ। 

प्रमाण नक्कली भए उजुरीकर्तालाई कारबाही गर्न र सुराकीको नाम प्रतिवेदनमा गलत राखेको भए अनुसन्धान गरी सम्बन्धित अधिकारीलाई कारबाही गर्न पनि  लेखा समितिले भनेको छ। 

समितिमा बोल्दै गृहमन्त्री गौतमले गल्ती भएको भए कारबाही गर्न तयार भएको जानकारी दिए। उनले नेपाल सुन तस्करीको ट्रान्जिट भएको स्वीकार गरे। 

गएको वर्ष असारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३५ किलो सुन बरामद गरेको थियो। यसको सुराकी कमिसन झण्डै २ करोड ३० लाख पाउनु पर्नेमा नक्कली सुराकी खडा गरी वास्तविक सुराकीलाई कमिसन पाउने सूचीबाट हटाएको दावी गर्दै सिन्धुपाल्चोकका भीमबहादुर तामाङ, सिन्धुलीका पदमबहादुर तामाङ र महोत्तरीका संजयकुमार झाले लेखा समितिमा उजुरी गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell