PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

५२ दिनपछि बसेको संविधान सभाको बैठक फेरि सात दिनका लागि सर्‍यो



५२ दिनपछि बसेको संविधान सभाको बैठक फेरि सात दिनका लागि सर्‍यो

काठमाडौँ : सहमतिका प्रयासलाई निरन्तरता दिन संविधान सभाको बैठक सात दिनपछि मात्रै बस्ने भएको छ। ५२ दिन स्थगित भएपछि आज बसेको सं‌विधान सभाको बैठक दुई वटा शोक प्रस्ताव मात्र पारित गरी सकिएको हो। 

सभाध्यक्ष सुवास नेम्वाङले संविधान सभाको अर्को बैठक चैत ३० गते अपराह्न ३ बजे बस्ने जानकारी दिए। 

एमाओवादीसहित बस्यो बैठक

बहुमतीय रुपमा प्रश्नावली निर्माणका लागि प्रस्ताव समिति गठन गर्ने निर्णय भएदेखि विपक्षी दलहरु संविधान सभाको बैठकमा सहभागी भएका थिएनन्।  तर आज विपक्षी दलको उपस्थिति थियो। 

आइतबार निधन भएका एमाले नेता रामनाथ ढकालसहित चैत १७ गते निधन भएका कांग्रेसका पूर्व  गृह राज्यमन्त्री महेन्द्र यादवको शोक प्रस्ताव बैठकले पारित गर्‍यो।

मानवीय संवेदनासँग गाँसिएका विषय : पोखरेल

यसैबीच संविधान सभा भवन परिसरमा सञ्चाकर्मीहरुसँग कुरा गर्दै एमाओवादी सचे्तक गिरिराजमणि पोखरेलले पक्ष प्रतिपक्षभन्दा पनि मानवीय संवेदनाको विषय भएकोले आफूहरु बैठकमा सहभागी भएको जानकारी दिए। 

'हाम्रो उपस्थितिले आन्दोलनका कार्यक्रममा फेरबदल भएको छैन', उनले आन्दोलनरत दलका प्रमुख सचेतकहरु बैठकमा सहभागी हुने बताए।

एमालेका अग्नि खरेल र कानुन मन्त्री नरहरि आचार्यले पनि बैठकमा सहभागी हुन फोन गरेको जानकारी उनले दिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell