PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

छ माओवादीको सं‌युक्त सभामा कार्यकर्ताको नारा : एकता, एकता !



छ माओवादीको सं‌युक्त सभामा कार्यकर्ताको नारा : एकता, एकता !

काठमाडौँ : सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै ६ वटा माओवादीले गरेको संयुक्त प्रदर्शनपछिको सभामा कार्यकर्ताहरुले एकताको पक्षमा नाराबाजी गरेका छन्।

दिउँसो २ बजे बबरमहलबाट ६ पार्टीले संयुक्त जुलुस निकालेपछि शान्तिबाटिकामा ट्रकमाथि मञ्च बनाई सभा गरिएको थियो। 

सभा सुरु हुँदा कार्यकर्ताहरुले एकता, एकता भन्दै नाराबाजी गरेका थिए। 

एकताको नेतृत्व गर्न प्रचण्डलाई मातृकाको आग्रह

सभालाई सम्बोधन गर्दै मातृका यादवले प्रचण्डलाई रुपान्तरणसहितको एकताको नेतृत्व गर्न आग्रह गरे। उनले भने, एकता भए कंग्रेस एमाले प्रचण्ड र किरणको पाउमा झुक्न आउँछन्। 

यादवले एकताको विकल्प नभएको बताउँदै सडक प्रधान रहेको बताए। 

त्यस्तै नेकपा-माओवादीका नेता देव गुरुङले शान्ति सम्झौता भंग गर्ने र पुराना मुद्दालाई ब्युँताउने षड्यन्त्रलाई चिर्न सडकमा आउनु परेको बताए।

राजनीतिक मुद्दा फिर्ता हुने शान्ति सम्झौतामा उल्लेख भए पनि अदालतले पुराना मुद्दा ब्युँताउन चाहेको उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell