PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बिजुलीबजारमा झडप, ४ जना आन्दोलनकारी घाईते



बिजुलीबजारमा झडप, ४ जना आन्दोलनकारी घाईते

  • रबिराज बराल-
काठमाडौं: राजधानीको बिजुलीबजारमा प्रहरी र तीस दलीय मोर्चाका प्रदर्शनकारीबीच झडप भएको छ। बिहान विद्यार्थी नेताहरु पक्राउ गरेर लगिएको प्रहरी भ्यान देखेपछि उत्तेजित  विद्यार्थीहरुले नाराबाजी गर्दै ढुङ्गा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको हो। 

विद्यार्थीहरुले पक्राउ परेका आन्दोलनकारी रिहा गर्न माग गर्दै नारा लगाएका थिए। विद्यार्थीहरुले भ्यानमा ढुङ्गा प्रहार गरेपछि प्रहरीले लाठी चार्ज तथा अश्रु ग्यास प्रहार गरेको थियो। 

प्रहरीको लाठीचार्जबाट केही आन्दोलनकारी घाईते भएका छन्। प्रहरीको लाठी चार्जबाट चार जना आन्दोलनकारी घाइते भएका हुन्। एमाओवादी नेतृ हिसिला यमीलाई समेत सामान्य चोट लागेको छ। प्रहरीले ढुङ्गा प्रहार गर्ने आन्दोलनकारीमाथि तीन राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो।  

आन्दोलनकारीहरु अहिले नाराबाजी गर्दै माइतिघर हुदैँ अगाडि बढेका छन्। 
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell