PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

वाग्मतीजस्तै अरु नदी पनि सफा गर्नुपर्छ : नेता नेपाल



वाग्मतीजस्तै अरु नदी पनि सफा गर्नुपर्छ : नेता नेपाल

काठमाडौँ : नेकपा (एमाले) का नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बाग्मती नदी सफाइ जस्तै मुलुकभरिका अन्य नदी पनि सफा गर्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
     
शान्तिनगर हुँदै शङ्खमूल क्षेत्रमा बाग्मती सफाइ महाअभियानमा सहभागी हुँदै नेता नेपालले बाग्मती अभियानले विकासको अन्य काम गर्नका लागि सकारात्मक सन्देश दिएको बताए।
 
“बाग्मती सफाइ अभियान अहिले अभियानको रूपमा रहे पनि त्यसलाई आगामी दिनमा राज्यले कानुनी प्रतिबद्धताको रूपमा लिनुपर्छ”– उनले भने। सफाइ अभियान सुरू भएसँगै बाग्मती स्वच्छ र सफा हुँदै गएको बताउँदै उनले मेलम्चीको पानी काठमाडौँमा आएपछि अझै सफा हुने छ भने।
 
शङ्खमूल क्षेत्रमा विभिन्न राजनीतिक दलका नेता, नेपाली सेना, प्रहरी, विभिन्न सङ्घसंस्था र स्कुले विद्यार्थीलगायतको सहभागिता रहेको थियो।
 
यसैगरी नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल, अनुशासन आयोगका अध्यक्ष अमृत बोहरा, उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठलगायतका नेता महाअभियानअन्तर्गत राधास्वामी सत्सङ्ग बल्खुमा सहभागी भए। -रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell