PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चर्किएका भवनमा नपढाउन शिक्षा मन्त्रालयको आग्रह



काठमाडौँ : सरकारले सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र शैक्षिक संस्था सञ्चालन गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ । 

​शिक्षा मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी भूकम्पले धेरै विद्यालय भत्किएका र कतिपय विद्यालय चर्किएकाले सुरक्षालाई ध्यानमा राखेर चर्किएका भवनमा पठनपाठन काम नगर्न अनुरोध गरेको हो । 

मन्त्रालयले जेठ २० गतेदेखि १२ कक्षाको परीक्षा सञ्चालन भइरहेकाले विद्यालय र क्याम्पस पूर्णरुपमा सुरक्षित रहे÷नरहेको परीक्षण गरेर मात्र शैक्षिक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ । 

कतिपय शैक्षिक प्रतिष्ठानले चर्चिएका भवनमा अध्यापन सञ्चालन गरेको गुनासो प्राप्त भएको जनाउँदै उक्त मन्त्रालयले विद्यार्थी र शिक्षकको सुरक्षालाई वेवास्ता गर्न नहुनेमा जोड दिएको छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell