PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

म्यागीमा प्रतिबन्धसँगै नेपाली चाउचाउको पनि परीक्षण हुँदै



काठमाडौँ :  मानव स्वास्थ्यका लागि खतरनाक पदार्थ भेटिएको खबर आएपछि सरकारले नेपाल भर म्यागी चाउचाउ आयात र बिक्रीमा प्रतिबन्ध लगाएसँगै अरु ब्रान्डको पनि परीक्षण गर्ने भएको छ।

खाद्य तथा गुण नियन्त्रण विभागले नेपालमा उत्पादन भएको चाउचाउको परीक्षण गर्न लागेको हो।  

‘म्यागी परीक्षणको प्रतिवेदन आएपछि हामी नेपालका अरु चाउचाउको पनि परीक्षण गर्नेछौ,’ महानिर्देशक सञ्जीव कर्णले भने, ‘नेपालमा आयात हुने अरु चाउचाउ पनि परीक्षण गर्नेछौ ।’

नेपालमा सीजी फूड्स, पोखरा नूडल्स, हिमश्री फूड्स, जगदम्बा फूड्स, हिमालयन स्न्याक्स एण्ड नूडल्स, स्मार्ट फूड एण्ड स्न्याक र एसियन थाइ फूड्स गरी सात वटा उद्योगले ७५ भन्दा बढी ब्रान्डमा तयारी चाउचाउ उत्पादन गर्दै आएका छन्। 

भारतमा विशेष गरी मोनोसोडियम ग्लुटामेट नामको एमिनो एसिड (अजिना मोटो) र लिड भेटिएको भनी म्यागी चाउचाउमा प्रतिबन्ध लगाइएको हो। नेपाली चाउचाउका केही ब्रान्डमा पनि मोनोसोडियम ग्लुटमेट प्रयोग हुन्छ। तर केही ब्रान्डले त्यसलाई स्पष्ट रुपमा नलेखी कोड नाम इ ६२१ मात्र लेख्ने पनि गर्छन्।

केही ब्रान्डमा भने  मोनोसोडियम ग्लुटामेट भएकोले बच्चाहरुलाई खुवाउन नहुने कुरा सानो अक्षरमा मात्रै लेख्ने गरिन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell