PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बिहान १० बजेसम्म बन्द



त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बिहान १० बजेसम्म बन्द

काठमाडौँ : नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल आज बिहान तीन घण्टा बन्द छ। विमानस्थलमा अन्तर्राष्ट्रिय उडान र अवतरण बिहान सात बजेदेखि १० बजेसम्म बन्द गरिएको विमानस्थलका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले बताए। 

विमानस्थलको धावन मार्ग (रनवे) मर्मतका कारण अन्तर्राष्ट्रिय उडान र अवतरण बन्द गरिएको श्रेष्ठले बताए। 

वैशाख १२ को विनाशकारी भूकम्पपछि अत्यन्तै व्यस्त रहेको विमानस्थलको धावनमार्गमा समस्या देखिएपछि मर्मत गरिएको हो। 

विमानस्थल बन्द भएपछि सयौँ यात्रु प्रभावित भएका छन्। बिहान अवतरण गर्नुपर्ने टर्किस एयरको इस्तानाबुलबाट आएको जहाज टिके ७२६ केही बेरसम्म नेपालको आकाशमा चक्कर लगाएपछि अहिले भारतको दिल्ली डाइभर्ट भएको छ। 

फोटो : फ्लाइटराडार२४

त्यस्तै ओमानबाट आएको ओमान एयर र दिल्लीबाट उडेको जेट एयरको जहाज पनि लखनउ डाइभर्ट भएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell