PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​मलेसियामा ६ म्याग्निच्युडको भूकम्प



​मलेसियामा ६ म्याग्निच्युडको भूकम्प

क्वालालम्पुर : मलेसियाको पश्चिम तटीय क्षेत्रलाई केन्द्र बनाउँदै आज बिहान स्थानीय समय अनुसार सवा ७ बजे ६ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्प मलेसियाका विभिन्न सहरहरुमा महसूस गरिएको थियो। 

भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको माउन्ट किनाबालुमा धेरै पहिरो गएको स्थानीय मिडियाले जनाएका छन्। 

भूकम्प पछि मानिसहरु अग्ला घर र कार्यालयहरुबाट डराउँदै बाहिर निस्किएका थिए। भूकम्पले पुर्‍याएको मानवीय क्षतिबारे विवरण आइसकेको छैन तर स्थानीय सञ्चार माध्यम र सोसल मिडियाले क्षतिका फोटो राखेका छन्-









@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell