PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दिनको दुई पिसभन्दा बढी खान नहुने आयुर्वेदिक बिस्कुट भूकम्पपीडितलाई बाँडिने



दिनको दुई पिसभन्दा बढी खान नहुने आयुर्वेदिक बिस्कुट भूकम्पपीडितलाई बाँडिने

काठमाडौँ : भारतको राष्ट्रिय सेवा भारती र गोवर्द्भन प्रतिष्ठान पुणेले नेपालका भूकम्पप्रभावित बालबालिका र महिलालाई रोगप्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक बिस्कुट वितरण गर्ने भएको छ। 

रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरी गोवर्द्भन प्रतिष्ठानकी अध्यक्ष भाग्यश्रीले भूकम्पप्रभावित जिल्लामा महामारी फैलन सक्ने सम्भावना र सबै क्षेत्रमा चिकित्सक पुग्न सक्ने अवस्था नरहेकाले महामारी फैलनबाट रोक्न सक्ने खालको विस्कुट वितरण गर्न लागिएको बताए। 

उनले नेपाल ल्याइएको तीन टन बिस्कुट १० हजार भूकम्पपीडित महिला तथा बालबालिकाका लागि वितरण गरिने योजना सुनाउँदै नेपाल सरकारले अनुमति दिए अझै यस्ता बिस्कुट उपलब्ध गराउने बताए। 

उनले भने, “भारत सरकार, युनिसेफ, विश्व बैंक र लायन्स क्लब इन्टरनेसनलले अनुमति दिएको यो बिस्कुट एक जनाले दुई पिसभन्दा बढी खान हुँदैन।” 

शुक्रबार भक्तपुरको सल्लाघारी शिविरबाट वितरण प्रारम्भ गरिएको सो पौष्टिक बिस्कुट हिन्दू स्वयम्सेवक सङ्घ र जनकल्याण परिषद्मार्फत भूकम्प प्रभावित भक्तपुर, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, रसुवा, दोलखालगायतका जिल्लामा वितरण गरिने जानकारी दियो। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell