PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​सम्यक डाइग्नोष्टिकले पायो आइएसओ मान्यता



​सम्यक डाइग्नोष्टिकले पायो आइएसओ मान्यता

काठमाडौ: सम्यक डाइग्नोष्टिक प्रा.लिले अन्तर्राष्ट्रिय मानकिकरण संस्था (आईएसओ) मान्यता प्राप्त गरेको छ। सम्यकलाई अन्तराष्ट्रिय ल्याब्रोटेरी मानकिकरण निगम, जेनेभासँग आबद्ध नेपालस्थित एईआरएसएससीले उक्त मान्यता प्रदान गरेको हो। प्याथोलोजी ल्याबमा आईएसओ १५१८९ मान्यता पाउने सम्यक नेपालको पहिलो ल्याब भएको छ। 

नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडीका लागि निःशुल्क स्वास्थ चेकजाँचको सुविधा दिएको सम्यक डाईग्नोष्टिकले  बुधबार आइएसओ १५१८९ : २०१२ प्रमाणपत्र पाएको हो। 

'आइएसओ १५१८९ : २०१२ हाम्रो ल्याब्रोटोरीको गुणस्तर र हामीले गरिरहेको कामको सम्मान हो,’ सम्यक डाईग्नोष्टिकका अध्यक्ष डाक्टर केयुर गौतमले भने, ‘यो प्रमाणपत्रले हामीलाई अझ राम्रो काम गर्ने प्रेरणा र जिम्मेवारी दुवै प्रदान गरेको छ।' 

सम्यक डाईग्नोष्टिकले नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडीलाई वर्षको दुईपटक निःशुल्क स्वास्थ्य चेक अप सुविधा दिइरहेको छ। खेलाडीहरुले पाउने स्वास्थ्य चेक अपमा नियमित डाक्टर कल्सल्टेसन, ईसिसी, एको,  टिएमटी, रगत परीक्षणमा, सिबिसी, इएसटी, ब्लड सुगर, लिपिड प्रोफाइल, युरिक एसिड, मृगौला फङ्सन परिक्षण, लिभर फङ्सन परिक्षण, दिशा, पिशावलगायतका परीक्षण सुविधा छन्। 

आईएसओ १५१८९:२०१२ के हो ?

सन् १९४७ मा १४० राष्ट्रको राष्ट्रिय मानक निकायहरु (National Standard Bodies) मिली स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय मानकीकरण संगठन (International Organization for Standardization, ISO) को स्थापना भएको थियो। हालसम्ममा विभिन्न विषयको उत्पादन र सेवा निर्दिष्टीकरण, निरीक्षण र परीक्षणका तरिकाका अतिरिक्त आवश्यक व्यवस्थापन पद्धतिसम्बन्धी २० हजारभन्दा बढी मानक तयार भइसकेका छन्।

औद्योगिक, निर्माणजन्य, कृषिजन्य तथाऔषधिजन्य कुनै पनि उत्पादनको परीक्षण नतिजा र सेवा प्रदाय निकाय खासगरि केमिकल टेस्टिङ र प्याथोलोजी ल्याबबा दिइने टेस्ट रिपोर्ट आईएसओ १७०२५ वा आईएसओ १५१८९ मा आधारित एक्रिडिटेड ल्याबोरेटरीबाट जारी गरेको भएमा मात्र विश्व बजारमा कानूनी मान्यता (Tested Once, Accepted Everywhere)  पाइने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell