PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​भवन बनेको १८ बर्षपछि आइसियू उद्घाटन



​भवन बनेको  १८ बर्षपछि आइसियू उद्घाटन

  • कृष्ण खनाल-
बुटवलः भवन निर्माण भएको १८ वर्षपछि लुम्बिनी अञ्चल अस्पतालमा आकस्मिक सेवा सुरु भएको छ। स्थानीय समाजसेवीको सहयोगमा भवन बनेपनि चिकित्सकको दरबन्दी र मन्त्रालयबाट सहयोग रकम पाउने व्यवस्था नहुँदा यो भवनमा आकस्मिक कक्ष सञ्चालन हुन सकेको थिएन।

केही दिनघि मन्त्रिपरिषदको बैठकले देशका बिभिन्न ५ सरकारी अस्पताललाई आर्थिक सहयोग गर्ने निर्णय भएसंगै बुटवलको सबैभन्दा पुरानो सरकारी अस्पतालमा आइसियू सेवा शुरु भएको हो। यसका लागि चिकित्सक, नर्स र कर्मचारीहरुको छुट्टै दरबन्दीको ब्यवस्था गरिएको छ।

हाल ६ शैयाको सेवा शुरु गरेको अस्पतालले सस्तो दरमा सेवा दिने जनाएको छ। सोमबार आइसियू उद्घाटन गर्दै स्वास्थ्यमन्त्री खगराज अधिकारीले सरकारले चिकित्सकहरुलाई सरकारी अस्पतालमा नै अतिरिक्त सेवा गर्न पाउने ब्यवस्था गर्न लागेको जानकारी दिए।

पार्टी र ठूला नेताको नाममा चलेका निजी अस्पताललाई मन्त्रालयले रकम बाड्ने तर सरकारी अस्पतालको स्तरवृद्धितर्फ कसैले ध्यान नदिदा सरकारी अस्पतालको अवस्था दयनीय भएको मन्त्री अधिकारीले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell