PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​भूकम्प प्रभावित बोर्लाङमा स्वास्थ्य शिविर



​भूकम्प प्रभावित बोर्लाङमा स्वास्थ्य शिविर

गोरखा : भूकम्प पीडित गोरखाको बोर्लाङमा एकदिने वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपाली समाज टेक्सास अमेरिकाको आर्थिक र ओम हेल्थ फाउन्डेसन तथा नेशसनल डेन्टल अस्पतालको चिकित्सकीय सहयोगमा शिविर आयोजना भएको हो।

बिहान आठ बजेबाट सुरु भएको शिविरमा नौ सय छयात्तर जना भुूकम्प प्रभावित जनताले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा मुटुरोग, हाडजोर्नी, ग्याष्ट्रिक, सामान्य मेडिसिन, स्त्रीरोग, बाल स्वास्थ्य लगायत डेन्टल सम्बन्धि रोगको निःशुल्क उपचार गरिएको थियो।

शिविरमा भूकम्पबाट प्रभावित ब्यक्तिहरुको मनोवैज्ञानिक अवश्थाका अलावा २०० भन्दा बढि बालबालिकालाई स्वास्थ्य सम्बन्धि अनुशिक्षण पनि सम्पन्न भएको छ। शिविरका क्रममा टेक्सासबाट संकलन गरिएको ब्लाङ्केट, कम्बल, खाद्य सामाग्री, रेनकोट, झुल, विद्यार्थीका लागि पठनपाठनका सामग्री लगायत विभिन्न रोगसँग सम्बन्धित औषधि निःशुल्क वितरण गरिएको थियो।

शिविर समापन समारोहमा टेक्सासमा भूकम्प प्रभावित क्षेत्रका लागि राहत संकलन एवं वितरणमा भूमिका खेल्दै आउनु भएका डा. सञ्जीव श्रेष्ठ, राजकुमार श्रेष्ठ, ओम अस्पतालका डा. लव जोशी, नेशनल डेन्टल अस्पतालका डा. सुमिना पिया लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिले विपदमा रहेका जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन पाएकोमा सन्तोष ब्यक्त गरे।

कार्यक्रम संयोजन गरिरहेका राप्रपा नेपालका सह प्रवक्ता तथा मोहन श्रेष्ठले त्रासदीपूर्ण महाभूकम्प पश्चात् जनताले समयमै राहत पाउन नसकेको, शैक्षिक क्षेत्र तहसनहस भएको, जनता अझै मनोवैज्ञानिक रुपमा त्रसित भइरहेकाले राष्ट्रिय विपदको समयमा सरकारले जनतालाई केन्द्रविन्दुमा राखेर युद्धस्तरमा काम गर्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell