PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फोटोमा हेर्नुस् जनकपुरको शवयात्रा, मारिएका तीनजनाको अन्तिम संस्कार



फोटोमा हेर्नुस् जनकपुरको शवयात्रा, मारिएका तीनजनाको अन्तिम संस्कार

जनकपुरः गत शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका धनुषाका तीनजनाको आज अन्तिम संस्कार भएको छ। 

धनुषाको जमुनियाका नितु यादव, महेन्द्रनगरका संजय चौधरी र सबैलाका विनोद साहको प्रहरीको गोली लागेर मृत्यु भएको थियो। मुजेलिया १४ मा उनीहरुको संयुक्त रुपमा अन्तिम संस्कार गरिएको छ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन नियन्त्रणबाहिर गएको भन्दै प्रशासनले लगाएको कर्फ्यु तोड्दै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा यी तीनजनाको मृत्यु भएको थियो।

प्रशासनले मृतकका परिवारलाई १० लाख रुपैयाँ दिन तथा मृतकलाई सहिद घोषणा गर्न सिफारिस गर्ने सहमति जनाएपछि आज उनीहरुको अन्तिम संस्कार गर्न गरिएको पत्रकार शुभक महतोले जानकारी दिए। 

गत शुक्रबारदेखि लगाइएको कर्फ्यु हटाइए पनि जनकपुर अझै शान्त भएको छैन। मंगलबार दिउसोमात्र मुजेलिया १४ मा रहेको प्रहरी चेकप्वाइन्टमा प्रदर्शनकारीले आगो लगाएका छन्।

शवयात्रामा हजारौँको सहभागिता थियो। 


















 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell