PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​तीज सम्झेर संविधानसभामै छमछमी नाचे महिला सभासद



​तीज सम्झेर संविधानसभामै छमछमी नाचे महिला सभासद

काठमाडौं : संविधानको परिमार्जित विधेयक पारित गर्न व्यस्त रहेका महिला सभासदले संविधानसभा भवन परिसरमा नै तीज मनाएका छन्। महिला सभासदहरुले संविधानसभा भवन नयाँ वानेश्वरको परिसरमा नै नाचगान गरेर तीज मनाएका हुन्। 

संविधानसभाको बैठक स्थगित भएका बेला प्राङ्गणमा निस्केर उनीहरुले तीजको गीत गाउँदै नाचगान गरेका थिए। उनीहरुको नाचगानमा केही पुरुष सभासदहरुले पनि साथ दिएका छन्। 

हिन्दु नेपाली नारीहरुको ठूलो पर्व तीजको पहिलो दिन आज राती दर खानेछन्। भोली मुख्य दिन दिनभरी ब्रत बस्ने गर्छन्। तर संविधानसभाको बैठक भोली पनि निरन्तर चल्ने भएकाले महिला सभासदको तीज प्रभावित हुने पक्का छ। 

हेर्नुस् फोटोहरु 








@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell