PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रोज राणाको कमब्याक



रोज राणाको कमब्याक

  • पहिलोपोस्ट
रोज राणा पुनः फिल्म निर्माणमा फर्किएका छन् । चारवर्षपछि उनको कमब्याक अनटाइटल फिल्ममार्फत हुन लागेको हो । यो बेनामे फिल्मको संगीतकारमा महेश खड्का अनुबन्धित भएका छन् ।  

यसअघि बनाउने भनिएको ‘हिरोइन’ रोकेर उनी अर्को फिल्म बनाउने मनस्थितीमा छन् । चारवर्षअघि उनले निर्माण गरेको ‘म छु नि तिम्रो’ले कमजोर बक्सअफिस प्रदर्शनपछि उनी सुस्ताएका थिए । 

फिल्मको विधा लभस्टोरी भनिएको छ । रोजले महेश र आफ्नो पुनरागमनलाई आशावादीरुपमा अथ्र्याए । राणाले बनाएका ६ मध्ये पाँच फिल्मले बक्सअफिसमा सफलताको स्वाद चाखेका थिए । 

निर्देशक भने केही दिनमा फाइनल हुने भएका छन् । ‘नयाँ र पुराना कलाकारलाई संयोजन गरेर फिल्म बनाउनेछु’ रोजले भने । अष्ट्रेलियाली पार्टनर मिलन श्रेष्ठसँग मिलेर रोजले फिल्म बनाउन लागेका हुन् । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell