PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​केपी ओलीको विशेष प्रतिनिधिका रुपमा प्रदीप ज्ञवाली दिल्ली प्रस्थान



​केपी ओलीको विशेष प्रतिनिधिका रुपमा प्रदीप ज्ञवाली दिल्ली प्रस्थान

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रतिनिधिका रुपमा एमाले सचिव प्रदीप ज्ञवाली भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। 

एमाले प्रवक्ता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको 
विशेष प्रतिनिधिका रुपमा ज्ञवाली राजनीतिक भेटघाटका लागि भारतको नयाँ दिल्ली गएको जानकारी दिए। ज्ञवालीले त्यहाँ नेपालको संविधान निर्माण प्रक्रियामा भएका प्रगतिबारे जानकारी गराउने भट्टराईले बताए।

संविधानसभाबाट संविधान जारी गर्ने मिति तय भइसकेपछि हुन लागेको भारत भ्रमण रणनीतिक हिसाबमा महत्वपूर्ण हो। 

'अध्यक्षको प्रतिनिधिका रुपमा उहाँले त्यहाँ विभिन्न नेताहरुसँग छलफल गर्नुहुनेछ। संविधान निर्माणमा भएका प्रगतिबारे जानकारी गराउनुहुनेछ,' प्रवक्ता भट्टराईले भने।

संविधानसभाबाट एकमतमा संविधान जारी गराउन लागेका तीन प्रमुख दलबीच नयाँ संविधान लगत्तै नयाँ प्रधानमन्त्रीको चयन र राष्ट्रिय सरकार निर्माणको सहमति भएको छ। एमाले नेताहरुले पार्टी अध्यक्ष केपी ओलीलाई अबको प्रधानमन्त्रीका रुपमा प्रोजेक्सन गर्न थालिसकेका छन्। यसअर्थमा पनि ज्ञवालीको भ्रमणलाई महत्वका साथ हेरिएको छ।

नेकपा एमाले केन्द्रीय कार्यालयले विज्ञप्तिमार्फत ज्ञवालीले नेपालमा जारी संविधान निर्माणको प्रक्रियामा भारतीय नेतृत्व, सरकार र जनताको सद्भाव अभिवृद्धि गर्ने जनाएको छ। 

नेता ज्ञवाली असोज १ गते स्वदेश फर्कनेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell