PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रहरीको गोलीले ४ वर्षे बालकको गयो ज्यान



काठमाडौं : सुरक्षाकर्मीको गोली लागेर ४ वर्षीय बालकको मृत्यु भएको छ। अवरुद्ध रहेको सडकमा यातायात सुचारु गराउन स्कर्टिङमा गएको गाडीलाई आन्दोलनकारीले रोक लगाएपछि सुरक्षकर्मीले गोली चलाएका थिए। मृत्यु भएका बालकको नाम चन्दन पटेल रहेको खुलेको छ।

'भैरहवा चोकबाट ७ किलोमिटरजति पश्चिममा स्कर्टिङ गरिरहेको गाडीमाथि ढुंगामुडा भएकाले यातायात सुचारु गर्न गोली चलाइएको देखिन्छ,' सुरक्षास्रोतले भन्यो, 'सशस्त्र र नेपाल प्रहरी सँगै भएकाले कसको गोली लागेको हो यसै भन्न सकिन्न।'

भैरहवाको बेथनी भन्ने ठाउँमा गोली प्रहार भएको हो। संविधान निर्माण प्रकृया सुरु भएसँगै तराईका जिल्लामा हिंसात्मक आन्दोलन जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell