PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

तीज मनाउन धनगढीमा २२ दिनपछि कर्फ्यु हटाइयो



धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी नगर क्षेत्रमा २२ दिनदेखि दिउँसोको समयमा लगाउँदै आएको निषेधाज्ञा तीजका अवसरमा बुधबार एक दिनका लागि हटाएको छ । 

नगरक्षेत्रमा कुनै सभा जुलुस प्रदर्शन गर्न नपाउने गरी घोषणा गरिएको निषेधित क्षेत्र भने यथावत् रहेको प्रशासन कार्यालयले जनाएको छ । 

निषेधित क्षेत्र घोषणा गरिएको भए पनि धनगढीमा बुधबार बिहान ६ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म धार्मिक कार्यक्रम भने गर्न पाइने प्रशासनद्वारा जारी विज्ञप्तिमा जानाइएको छ । 

यसैगरी जिल्लाको पूर्वीक्षेत्रको खैलाड गाविस बाहेकको टीकापुर नगरपालिका र भजनी–त्रिशक्ति नगरपालिका र आसपासका गाविस क्षेत्रमा लगाइएको निषेधाज्ञा बिहान ६ बजेदेखि साँझ ४ः०० बजेसम्मका लागि हटाइएको छ । 

यी क्षेत्रमा घोषित दङ्गाग्रस्त क्षेत्र भने यथावत् छ । टीकापुरमा थरुहटको प्रदर्शनका क्रममा यही भदौ ७ गते भएको हिंसात्मक घटनामा परी आठ प्रहरी र एक बालकको मृत्यु भएपछि स्थानीय प्रशासनले धनगढी नगर क्षेत्र र टीकापुर नगर क्षेत्रसहित आसपासका गाविसमा निषेधाज्ञा लगाउँदै आएको छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell