PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेम्वाङले जुस खुवाएर आठ दिनपछि पासवानको अनसन तोडाए



नेम्वाङले जुस खुवाएर आठ दिनपछि पासवानको अनसन तोडाए

काठमाडौँ : विभिन्न माग राखेर आठ दिनदेखि आमरण अनशन बस्दै आउनुभएका बहुजन शक्ति पार्टीका अध्यक्ष तथा सभासद् विश्वेन्द्र पासवानले आज अनशन तोडेका छन्।  

आज राति अबेर अनशनस्थलमा सभाध्यक्ष सुवास नेम्वाङले पासवानलाई फलफूलको रस खुवाएर अनशन अन्त्य गराएका हुन्। सरकारका तर्फबाट कानुन, न्याय संविधानसभा तथा संसदिय व्यवस्थामन्त्री नरहरि आचार्य र सभासद् पासवानबीच चारबुँदे सम्झौतामा हस्ताक्षर भएपछि अनशन तोडिएको हो। 

राज्यका सबै अङ्ग, तह, निकाय र संरचनामा दलित, पिछडा वर्ग, मधेसी, मुसलमान र अपाङ्गता भएका व्यक्ति तथा जनजातिको समानुपातिक र समावेशिताका आधारमा आरक्षण व्यवस्था गरिने, गरिब, किसान, मजदुर आदिको सामाजिक सुरक्षा अन्तर्गत स्वास्थ्य, शिक्षा, खाद्यान्न, रोजगारीको सुनिश्चितताको लागि कार्यदल गठन गरिने, महिलालाई छुट्याइएको ३३ प्रतिशत आरक्षणमा सबै जातिका महिलाका लागि समानुपातिक सिद्धान्तका आधारमा आरक्षण गरिनेलगायत विषयमा सम्झौतामा उल्लेख छ । 

सभाध्यक्ष नेम्वाङले बुधबारदेखि संविधान लेखनको प्रक्रियामा पासवानको सक्रिय सहभागिता हुने विश्वास लिए। उनी नयाँ बानेश्वरस्थित संविधानसभा भवन नजिकै अनशन बस्दै आएका थिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell