PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

नेपालको संविधानमा भारतको वेखुसी



नेपालको संविधानमा भारतको वेखुसी

काठमाडौं : संविधानसभाबाट नेपालको संविधान जारी भएपछि भारतले अनपेक्षित रुपमा यसको स्वागत गरेन। भारतीय दूतावासले संविधान जारी गरेपछि विज्ञप्ति त सार्वजनिक गर्‍यो तर शीर्षक थियो 'नेपालको अवस्थाबारे विज्ञप्ति'

'नेपालको संविधान निर्माण प्रक्रियामा भारतले सदैव संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको पक्षमा समर्थन गर्दैआएको छ,' दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आज हुने संविधान घोषणालाई हामीले विचार गरेका छौं।'

दूतावासले भारतको सीमा नजिकका विभिन्न जिल्लाहरुमा भएका हिंसात्मक घटनाहरुप्रति चिन्तित रहेको उल्लेख गर्दै यसबारे नेपालका प्रधानमन्त्रीसँग भारतीय राजदूतले कुराकानी गरेको प्रसंग उल्लेख छ।

'हामी अनुरोध गर्न चाहन्छौं कि विवादित विषयहरु हिंसारहित स्वतन्त्र वातावरणमा संवादसहित, सर्वस्वीकार्य स्वामीत्वमा संस्थागत हुनुपर्दछ,' दूतावासले भनेको छ, 'यसलेमात्र नेपालको एकता, समृद्धि र विकास सुनिश्चित हुनेछ।'

संविधानप्रति असन्तुष्ट देखिएको भारतीय दूतावासले नेपाली जनतामा भने सुभेच्छा प्रकट गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell