PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वीरगञ्जमा आज दिनभरी कर्फ्यु हट्यो



वीरगञ्जमा आज दिनभरी कर्फ्यु हट्यो

पर्सा : जिल्लाको सुरक्षा व्यवस्थामा क्रमिक सुधार देखिएपछि स्थानीय प्रशासनले लगाउँदै आएको निषेधाज्ञालाई आज बिहान ६ देखि राति १० बजेसम्मका लागि हटाएको छ। 

जिल्ला सुरक्षा समितिको आज बिहान बसेको बैठकले दङ्गाग्रस्त क्षेत्रलाई कायम राख्दै वीरगन्जबाट १६ घन्टाका लागि निषेधाज्ञा हटाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए।

स्थानीय प्रशासनले मङ्गलबारदेखि नै दिनभरिका लागि निषेधाज्ञा हटाउने निर्णय गरेपछि सर्वसाधारणले धेरै राहत महसुस गरेका छन्। असुरक्षाको कारण देखाउँदै स्थानीय प्रशासनले गत भदौ १४ गतेदेखि वीरगन्जमा अनिश्चितकालीन निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र कायम राख्दै आएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell