PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रधानमन्त्रीको भ्रमण स्थगित हुने सम्भावना



प्रधानमन्त्रीको भ्रमण स्थगित हुने सम्भावना

काठमाडौं : संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज अमेरिकातर्फ जाने तयारीमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले भ्रमण स्थगित गर्ने भएका छन्।

मुलुकको राजनीतिक अवस्थाका कारण उनले अन्तिम समयमा आएर भ्रमण स्थगित गर्न लागेका हुन्। प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले भ्रमण क्यान्सिल हुने सम्भावना धेरै रहेको पहिलोपोस्टलाई जानकारी दिए। 'कुरा बढी त्यतैतिर छ', उनले भने 'तर म अहिले नै फर्मल्ली भन्न सक्दिन , केहीबेरमा बालुवाटार पुगेर मात्र भन्न सक्छु।'

संविधान जारी भएपछि त्यसको सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिनका लागि प्रधानमन्त्री कोइराला आफै अमेरिका जाने तयारीमा थिए। तर तराई मधेशमा जारी आन्दोलन लगायतका कारण उनलाई विदेश भ्रमणमा नजान सुझाव आइरहेका छन्। हिजो साँझ वालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा पनि यस विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री कोइरालाको भ्रमण अहिलेसम्म स्थगित भइसकेको भने छैन। परराष्ट्र मन्त्रालयले पनि भ्रमण स्थगित भइनसकेको जानकारी दिएको छ। 'हिजो बेलुकासम्म क्यान्सिल भएको छैन, यस बीचमा घटनाक्रम के के भए अफिस पुगेर मात्र थाहा हुन्छ' परराष्ट्रका सहायक प्रवक्ता दीपक अधिकारीले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell