PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​विप्लव माओवादीले संविधान अस्वीकार गर्ने



​विप्लव माओवादीले संविधान अस्वीकार गर्ने

काठमाडौं : नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले संविधानसभाबाट जारी भएको संविधान अस्वीकार गरेको छ । 

हिजो प्रेस विज्ञप्ती जारी गर्दै महासचिव विप्लवले संविधान जनयुद्ध, जनआन्दोलन, माओवादी र संसदवादी दलहरुबीच भएको शान्ति सम्झौताको विरुद्ध भएको भन्दै अस्वीकार गर्ने बताएका हुन्।

‘यस संविधानले जनयुद्ध र शान्ति सम्झौताले अस्वीकार गरेको संसदीय व्यवस्थालाई नै पुनस्र्थापना गर्ने काम गरेको छ।’ विज्ञप्तीमा भनिएको छ ‘यो सीधा अग्रगमन, परिवर्तन र जनअधिकारको विरुद्ध छ । यसलाई हाम्रो पार्टी पूर्ण रुपले अस्वीकार गर्दछ।’ 

संविधानले माओवादी र संसदवादीबीच सहमति भई प्रक्रियामा रहेको संक्रमणकाल अन्त्य गरी फेरि संसदीय व्यवस्था नै सञ्चालन गर्ने ठाउँमा पु¥याएको भन्दै नेकपा माओवादीले आफुहरुलाई जनसत्ता निर्माण गर्ने वाध्यकारी ढोका खोलिदिएको बताएको छ।  

नेपालभित्र देखिएको कमजोरीमा खेल्दै भारतले नेपालको स्वाधिनतामाथि गर्ने हस्तक्षेप स्वीकार्य नभएको भन्दै नेकपा माओवादीले भारतले जनतालाई सङ्कट पार्नेगरी नाकाबन्दी गरेमा त्यसको प्रतिरोध गर्ने चेतावनी दिएको छ। विज्ञप्तीमा भनिएको छ ‘नेपाली दलालहरुको कमजोरीमाथि खेल्दै हाम्रो देशको स्वाधीनतामाथि जारी कुनैपनि हस्तक्षेप अतिक्रमण हामीलाई स्वीकार्य नभएको स्पष्ट गर्दछौं। यदि भारतले जनतालाई सङ्कट पार्नेगरी नाकाबन्दी गरेमा त्यसको प्रतिरोध गरिने जानकारी गर्दछौं।’

नेपाली जनताले २० वर्षअघि नै संसदीय ब्यवस्था अस्वीकार गरिसकेको भन्दै विप्लवले देशी विदेशी तत्वको साँठगाँठमा फेरि संसदीय व्यवस्था थुपारिएको भन्दै त्यस विरुद्ध जुध्ने बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell