PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​अन्तत: प्रधानमन्त्रीको भ्रमण स्थगित, उपप्रधानमन्त्री सिंह जाने



​अन्तत: प्रधानमन्त्रीको भ्रमण स्थगित, उपप्रधानमन्त्री सिंह जाने

काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाको अमेरिका भ्रमण स्थगित भएको छ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज अमेरिकातर्फ जाने तयारीमा रहेका उनले अन्तिम समयमा उनले कार्यव्यस्तताको समय देखाउँदै भ्रमण स्थगित गरेका हुन्।

अब महासभामा सहभागी हुन उपप्रधानमन्त्री प्रकाशमान सिंह नेतृत्वको टोली सहभागी हुने सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिए। उनले सिंह आजै अमेरिकातर्फ प्रस्थान गर्ने बताए। ' प्रधानमन्त्रीले बिहान सरसल्लाह गर्नुभयो आफु जान नमिल्ने भएपछि उपप्रधानमन्त्रीलाई जान आग्रह गर्नुभएको हो' उनले भने।

 महासभामा भाग लिन परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे पनि जानेछन्। त्यस्तै भ्रमण टोलीमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराई र उपप्रधानमन्त्री सिंहकी पत्नी पनि रहेका छन्। 

मुलुकको राजनीतिक अवस्थाका कारण प्रधानमन्त्री कोइरालाले भ्रमण स्थगित गरेका हुन्। संविधान जारी भएपछि त्यसको सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिनका लागि प्रधानमन्त्री कोइराला आफै अमेरिका जाने तयारीमा थिए। तर मधेशी दलहरुसँग वार्ताका लागि भन्दै भ्रमण स्थगित गरेका हुन्।

तर तराई मधेशमा जारी आन्दोलन लगायतका कारण उनलाई विदेश भ्रमणमा नजान सुझाव आएका थिए। हिजो साँझ वालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा पनि यस विषयमा छलफल भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell