PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सहयोग गरेँ भन्दैमा कठपुतली बनाउन खोज्न हुन्न : माधव नेपाल



सहयोग गरेँ भन्दैमा कठपुतली बनाउन खोज्न हुन्न : माधव नेपाल

नेपाली जनता निर्णय लिन सक्षम छ – नेता नेपाल
  
पोखरा : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो देशको हितमा निर्णय लिन नेपाली जनता सक्षम रहेको बताएका छन्।
नेकपा (एमाले) क्षेत्र नं ४ ले नयाँ संविधान जारी भएको खुसियालीमा आज यहाँ आयोजित चियापान समारोहमा उनले नेपाली जनताको यस्तो निर्णयलाई छिमेकी ठूला प्रजातान्त्रिक मुलुकले सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे।
 
आफ्नो देशबाट भारत र चीन विरोधी गतिविधि हुन नदिने दृढता व्यक्त गर्दै उनले भने – “सहयोग गरेँ भन्दैमा स्वतन्त्र राष्ट्रलाई कसैले पनि कठपुतली बनाउन खोज्नु हुन्न।”
 
नयाँ संविधानको घोषणासँगै राजनीतिक सङ्क्रमण टुङ्गिएका अब मुलुकलाइै आर्थिक विकास र समृद्धितिर डोर्या‍उन सबै राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा जोड दिँदै उनले नयाँ सरकार गठनसँगै देश निर्माणको काम अघि बढ्ने बताए।
 
उनले नयाँ संविधानले सङ्घीयता, समावेशी र सामाजिक न्यायका विषयलाई पनि समेटेकाले यसबाट मधेसी समुदायको माग पनि सम्बोधन भएको दाबी गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell