PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

शुक्रबार सार्वजनिक विदा, फेरि लगातार तीन विदा



शुक्रबार सार्वजनिक विदा, फेरि लगातार तीन विदा

काठमाडौँ : सरकारले इस्लाम धर्मावलम्वीहरुको पर्व बकर ईद (इदुल जोहा) का लागि देशभर असोज ८ गते शुक्रबार विदा दिने निर्णय गरेको छ। 

गएको शनिबारदेखि यो चौथो विदा हो। यसअघि आइतबार र सोमबार संविधान घोषणा भएको खुसियालीमा सार्वजनिक विदा दिइएको थियो। यो साता शनिबार, आइतबार र सोमबार लगातार तीन दिन सार्वजनिक विदा भएको थियो। अब पनि लगातार तीन दिन विदा हुने भएको छ। 

शुक्रबार बकर ईदको विदा छ भने शनिबार सार्वजनिक विदा कायम छ। आइतबार काठमाडौँ उपत्यकामा इन्द्रजात्राको विदा छ। काठमाडौँ उपत्यकामा बिहीबार बन्द भएको सरकारी कार्यालय एकै पटक सोमबार मात्रै खुल्नेछ। 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell