PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

आन्दोलन चर्काउने थारुको चेतावनी



आन्दोलन चर्काउने थारुको चेतावनी

  • गोविन्द रोस्यारा
धनगढी : विगत ४० दिनदेखि जारी  थरुहट - थारुवान संघर्ष समितिले आन्दोलनका कार्यक्रमलाइ अझ सशक्त पार्ने जनाएको छ । आज कैलालीको जोनापुरमा पत्रकार सम्मेलन गर्दै समितिले आफ्ना माग पूरा नगरेसम्म आन्दोलन जारी रहने जनाएको हो।
 
पत्रकार सम्मेलनमा थरुहट-थारुवान संघर्ष समितिका प्रवक्ता माधव चौधरीले स्थानीय प्रशासनले आफूहरुलाई कार्यक्रम गर्न पटकपटक अवरोध गरेको र राजनीतिक आन्दोलनकारीलाई झुटा मुद्दा लगाइरहेकाले अबको आन्दोलन प्रशासनका विरुद्ध हुने बताए । उनले  विभिन्न बाहानामा आफ्ना कार्यकर्तालाई बनावटी मुद्दा लगाई अधिकारमुखि आन्दोलन दबाउने कोसिस गरिए अझ सशक्तरुपमा उत्रने बताए।
 
पत्रकार सम्मेलमा थरुहट तराई पार्टीका केन्द्रीय अध्यक्ष भानुराम चौधरीले आफूहरु वार्ताका लागि तयार भए पनि राज्यले नै वार्ताको वातावरण नबनाइरहेको आरोप लगाए। उनले भने – 'हामीले  माग प्रस्ट राखिसकेका छौं, दलका एक जना नेतासँग  बार्ता गरेर हुँदैन सबै आन्दोलनरत पक्षसँग सामुहिक बार्ता गर्नु पर्‍यो।'
 
एनेकपा माओवादीका पूर्व साभासद कृष्ण कुमार चौधरीले टिकापुर घटनाको आरोपमा आफ्ना नेता तथा कार्यकर्तामाथि झुटा  मुद्दा लगाएर वार्ताको वातावरण स्थानीय प्रशासनले बिगारिरहेको आरोप लगाए। नेता चौधरीले नेपालको संविधानमा अंङ्गिकृत नागरिकता भएकालाई राष्ट्र प्रमुख वा अन्य विशिष्ट पदमा जाने प्रावधान राख्नु पर्ने कुरालाई भारतले  दवाव दिएको कुरा सत्य हो भने त्यो स्वीकार्य नहुने तर्क गरे। संघीय सामाजवादी फोरमका केन्द्रीय सदस्य होरिलाल चौधरीले अहिले कैलालीका प्रमुख जिल्ला अधिकारीले आन्दोलनलाइ दबाउन लागिपरेकाले  उनले  राजनीतिक आन्दोलनलाई दबाउने कार्य   नरोके सिडियो कार्यालयमा सेवाग्राही भएर जाने र सिडियोको कार्यकक्ष नै जलाएर आन्दोलनकारी भएर बाहिर आउने   चेतावनी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell