PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

साउदीमा मर्नेको संख्या ४ सय ५० कट्यो, मर्नेमा धेरै मुलुकका



साउदीमा मर्नेको संख्या ४ सय ५० कट्यो, मर्नेमा धेरै मुलुकका

साउदी अरेवियाले मक्का नजिकै च्यापिएर मर्नेको संख्या ४ सय ५३ पुगेको जनाएको छ। मक्कामा अहिले २० लाख इस्लाम धर्मालम्बीहरु हजका लागि पुगेका छन्।

घाइतेको संख्या पनि ७ सय १९ पुगेको छ। यसै महिना यसअघि स्टेज भत्किँदा १ सय ९ जनाले ज्यान गुमाइसकेका छन्।
साउदीका नागरिक सुरक्षा अधिकारीले उद्दार अझै जारी गरेको जनाएका छन्। घाइतेलाई अस्पताल पुर्‍याउनेक्रम जारी छ।

हजका लागि आउनेहरुको सुरक्षाका लागि त्यहाँका अधिकारले पूर्वाधारमा ठूलो लगानी गरेको भए पनि तीर्थयात्रीको हताहत हुनेक्रम घटेको छैन। मारिएका विभिन्न मुलुकका नागरिक रहेको बताइएको छ। तर उनीहरुको विस्तृत विवरण दिइएको छैन।

हजका क्रममा भएका ठूला दुर्घटना

सन् २००६ : ३६४ जनाको मृत्यु
सन् १९९७ : ३४३ जनाको मृत्यु  र १ हजार ५ सय घाइते
सन् १९९४ : २७० जनाको मृत्यु
सन् १९९० : १४२६ जनाको मृत्यु
सन् १९८७ : ४०० जनाको मृत्यु
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell