PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

स्थगित भएको एक हप्तामै संसद अधिवेशन डाक्ने तयारी



स्थगित भएको एक हप्तामै संसद अधिवेशन डाक्ने तयारी

काठमाडौँ : असोज २ गते शनिबार चालु संसद अधिवेशन अन्त्य गरेको सरकारले यही शनिबार अपराह्नसम्ममा व्यवस्थापिका–संसद् अधिवेशन आह्वानको तयारी थालेको छ। 

नेपालको संविधान, २०७२ को धारा २९६ को उपधारा (६) अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले व्यवस्थापिका–संसद्को बैठक आह्वान गर्नेछन्। 

प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय, संसदीय मामिला र शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यले सभामुख सुवासचन्द्र नेम्बाङलाई आज भेटेर संसद् बैठक आह्वान गर्ने सम्बन्धमा छलफल गरेका छन्। 

सङ्क्रमणकालीन व्यवस्थाअनुसार व्यवस्थापिका–संसद्को अधिवेशन बोलाउने सन्दर्भमा कानुन मन्त्री र आफूबीच छलफल भएको जानकारी दिँदै सभामुख नेम्बाङले ‘संभवतः यही असोज ९ गते साँझसम्ममा संसद् बैठक आह्वान हुने’ जानकारी दिए। 

प्रधानमन्त्री सुशील कोइरालाको आसन्न अमेरिका भ्रमणबीच अधिवेशन अन्त्य गरिएको थियो। अधिवेशन अन्त्य नभएको भए सात दिनभित्र राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निर्वाचन भइसक्नुपर्ने थियो।

संविधानको धारा २९८ बमोजिम प्रधानमन्त्री चयनका साथै नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न संवैधानिक प्रावधानअनुसार संविधान जारी भएको सात दिनभित्र व्यवस्थापिका–संसद् बैठक आह्वान गर्नुपर्छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell