PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मक्कामा मर्नेको संख्या ७१७, प्रधानमन्त्रीले पठाए शोक सन्देश



मक्कामा मर्नेको संख्या ७१७, प्रधानमन्त्रीले पठाए शोक सन्देश
फोटो : रोयटर्स

काठमाडौँ :  साउदी अरेबियाको मक्का सहरमा हजको तीर्थाटनमा गएकाहरुबीच भागदौड मच्चिँदा मर्नेहरुको संख्या यो समाचार तयार पार्दासम्म ७ सय १७ पुगेको छ। 

प्रधानमन्त्री सुशील कोइरालाले आज साउदी राजा सलमानलाई शोक सन्देश पठाउँदै घटनामा निधन भई जीवन गुमाएका तीर्थयात्रीका परिवारमा व्यक्तिगत, नेपाल सरकार र नेपाली जनताका तर्फबाट समवेदना प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। 

सन्देशमा जीवनमा सुख, शान्ति, प्रगतिको कामना सहित समस्त इस्लाम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का–मदिनाको यात्रा गरी सन्तोष लिन प्रयासरत यात्रुको निधनले आफू मर्माहत भएको उनले उल्लेख गरेका छन्।

घटनामा नेपाली हजयात्रीको पनि मृत्यु भएको हुनसक्ने समाचार आए पनि पुष्टि भइसकेको छैन। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell