PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भन्सार र राजमार्ग सुचारु गर्न सेनासहितको सुरक्षा योजना बनाउने सहमति



भन्सार र राजमार्ग सुचारु गर्न सेनासहितको सुरक्षा योजना बनाउने सहमति

काठमाडौँ : आन्दोलनरत मधेसकेन्द्रित दलहरुले राजमार्ग र भन्सार नाकाकेन्द्रित आन्दोलन चर्काउने घोषणालगत्तै तीन दलको बिहीबार राति अबेरसम्म बसेको बैठकले राजमार्ग र भन्सार सुचारु गर्न सेनासहितको एकीकृत सुरक्षा योजना बनाउने सहमति गरेको छ। 

बैठकपछि गृहमन्त्री वामदेव गौतमले आन्तरिक सुरक्षाका लागि सबै सुरक्षा निकाय संलग्न एकीकृत सुरक्षा योजना बनाइने बताए।

उनले भने, “ एकीकृत सुरक्षा योजना अनुसार राजमार्ग सुचारु गराउने, भन्सार सुचारु गराउने, अहिलेको आन्दोलनका क्रममा देशभर विस्थापित चौकी पुनःस्थापना गर्ने, संविधानका पक्षमा रहेका राजनीतिक दलले आमसभा गर्न चाहेमा आमसभा गर्न सुरक्षा व्यवस्था मिलाउने सहमति भएको छ। ” 
सुरक्षा निकाय उच्च मनोबलका साथ अराजकता अन्त्य गर्न र सुरक्षा कायम गर्न तयार रहेको उपप्रधानमन्त्री गौतमले बताए। उनले भने, “शान्तिपूर्ण रुपमा हुने कार्यमा सुरक्षा निकायको हस्तक्षेप हुँदैन, अराजकता मच्चाउन खोजे त्यसलाई नियन्त्रण गर्न निर्देशन दिएका छौंँ । ” 

मधेस, तराईका जनताको हक र अधिकार इतिहासमा पहिलो पटक नेपालको संविधानले बोकेर आएको बताउँदै उनले केही तत्वले भ्रम फैलाएर जनतालाई दुःख दिने काम गरेकाले त्यसलाई चिरेर अगाडि बढ्ने उनको भनाइ थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell