PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​संसद अधिवेशन असोज १५ गते, राष्ट्रपतिलाई भेट्दै कानुन मन्त्री



​संसद अधिवेशन असोज १५ गते, राष्ट्रपतिलाई भेट्दै कानुन मन्त्री

काठमाडौं : संसदको हिउँदे अधिवेशन असोज १५ गतेका लागि बोलाइने भएको छ।

राष्ट्रपति डा. रामवरण यादवले सरकारको सिफारिसमा असोज १५ गते दिउँसो १ बजेका लागि संसद अधिवेशन आह्वान गरेका हुन्।

यस विषयमा छलफल गर्न राष्ट्रपति यादवले आज कानुन मन्त्री नरहरि आचार्यलाई बोलाएका छन्। असोज १५ गते अधिवेशन आह्वानका लागि सिफारिस भएको छ,' राष्ट्रपतिका कानुनी सल्लाहरका ललित बस्नेतले भने, 'त्यसै दिन अधिवेशन आह्वान हुन्छ।'

संविधान जारी भएपछि संविधानसभाको काम सकिएको छ र त्यसले अब संसदको मात्र काम गर्नेछ। यस वर्षको बजेट पास भएपछि गएको भदौ ३० गते संसद अधिवेशन अन्त्य गरिएको थियो। दलहरुबीच संविधान बनेको एक हप्ताभित्र सरकार परिवर्तन गर्ने सहमति भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell