PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​महोत्तरीको प्रमुख तीन भन्सार नाकामा बिहानैदेखि धर्ना



​महोत्तरीको प्रमुख तीन भन्सार नाकामा बिहानैदेखि धर्ना

गौशाला : महोत्तरी जिल्लाको तीन प्रमुख भारतीय नाकामा आज बिहानैदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ताले धर्ना दिएका छन्। 

मधेसका सम्पूर्ण भारतीय सीमानाकामा धर्ना दिने कार्यक्रमअन्तर्गत आज बिहानैदेखि महोत्तरीको प्रमुख तीन नाकामा मोर्चाका नेता कार्यकर्ताले धर्ना दिएका हुन्। 

संविधानमा मधेसको माग सम्बोधन गराउने उद्देश्यले मोर्चाले चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम गर्दै आएको छ। 

महोत्तरीको प्रमुख भन्सार भिठ्ठामोडमा सद्भावना पार्टी र सङ्घीय समाजवादी फोरम नेपालको संयुक्त नेतृत्वमा, दोस्रो प्रमुख नाका मटिहानीमा तराई–मधेस लोकतान्त्रिक पार्टीको नेतृत्वमा र तेस्रो प्रमुख सीमानाका सम्सीमा तराई–मधेस सदभावना पार्टीको नेतृत्वमा नेता कार्यकर्ता धर्नामा बसेका छन्।

मोर्चाका नेता कार्यकर्ताले सीमानाकामा धर्ना दिएपछि भारतबाट नेपालतर्फ कुनै पनि सामग्री आउन सकेको छैन भने अहिले बिहान नेपाल–भारत आवतजावतमा समेत रोक लगाइएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell