PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​जनकपुर भ्रमण किन स्थगित गरे बाबुराम भट्टराईले?



​जनकपुर भ्रमण किन स्थगित गरे बाबुराम भट्टराईले?

काठमाडौं : एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईको जनकपुर भ्रमण स्थगित भएको छ।

भट्टराई आज त्यसतर्फ जाने कार्यक्रम थियो। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले अवरोध गर्ने संकेत पाएपछि भट्टराईले जनकपुर भ्रमण स्थगित गरेका हुन्।

भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले माहोल उपयुक्त नभएकाले आज जनकपुर नजाने जानकारी दिए। ' भ्रमण भोलि पनि हुन सक्छ, पर्सी पनि हुन सक्छ, आज चाहिँ नहुने भयो' उनले भने।

भट्टराईका केही सहयोगीहरु उनको भ्रमणका लागि वातावरण बनाउन जनकपुर पुगेका छन्। त्यहाँको अवस्था अनुसार भट्टराईको भ्रमण तय हुनेछ। मोर्चाका कार्यकर्ताले उनलाई कालो झण्डा देखाउने तयारी गरेका थिए।

मधेशमा भइरहेको आन्दोलनको समर्थनमा धारणाहरु सार्वजनिक गरेपनि उनको पार्टी एकीकृत नेकपा माओवादी संविधान जारी गर्ने मुख्य हिस्सेदार भएकाले मधेशी मोर्चा असन्तुष्ट बनेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell