PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​१५ वटा गैंडा मार्ने ६६ जनालाई कैद



​१५ वटा गैंडा मार्ने ६६ जनालाई कैद

रत्ननगर (चितवन) : चितवन राष्ट्रिय निकुञ्जले १५ वटा गैँडा मारेको मुद्दामा ६६ जनालाई कैद फैसला गरेको छ।

तीन जनाले भने सफाइ पाएका छन्। निकुञ्जका प्रवक्ता टीकाराम पौडेलका अनुसार गैँडा मारी खाग बिक्री गरेको आरोपमा दोषी ठहर गर्दै ६६ जना कारबाहीमा परेका हुन्। उनीहरुमध्ये ११ जना फरार रहेका छन्।

निकुञ्जका अनुसार छ जनामाथि भने २ देखि ६ वटासम्म गैँडा मुद्दा लागेको छ। गतवर्ष भएका गतिविधिबारे जानकारी दिँदै प्रवक्ता पौडेलले पछिल्लो समयमा भने चोरी शिकारका घटनामा कमी आएको बताए।

सबैभन्दा धेरै समय कारबाहीमा परेकामा मनाङ घर भई ईचङ्खुनारायण बस्दै आएका पेम्बा गुरुङ, चितवनको माडी बघौडाका महेन्द्र सहनी, कोराकका काजीमान प्रजा र राजकुमार प्रजा, सोही ठाउँका शिवलाल विक, खैरहनीका बुद्धिबहादुर प्रजा, मिलन प्रजा र बलबहादुर प्रजा छन्। 

यस्तै सिद्धीका दिलबहादुर प्रजा, मकवानपुरका रामशरण प्रजा, काठमाडौँ जोरपाटीका नोरसाङ लामा, नुर्पु छुदेन लामा, काठमाडौँकै दिधी लामालाई पनि निकुञ्जले १५ वर्ष कैद र एक लाख जरिवानाको फैसला सुनाएको छ। 

काजिमान र राजकुमारमाथि ६, बुद्धिबहादुरमाथि ५, बलबहादुर माथि ४, शेरबहादुर र कमल प्रजामाथि २/२ वटा मुद्दा चलाइएकामा सबै मुद्दामा दोषी ठहर भएका छन्।

अन्यलाई भने कम्तीमा पाँच वर्ष कैद र ५० हजारसम्म जरिवानाको फैसला सुनाएको निकुञ्जद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell