PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

साउदीमा ५ नेपाली हजयात्रीको मृत्यु, ३ जनाको भागदौडमा २ जनाको कालगतिले



साउदीमा ५ नेपाली हजयात्रीको मृत्यु, ३ जनाको भागदौडमा २ जनाको कालगतिले
फोटो: बिबिसी

काठमाडौं : साउदी अरबको मक्कामा हज गर्न गएका ५ जना नेपालीको मृत्यु भएको छ। भागदौडमा परी तीन जनाको र दुई जनाको कालगतिले मृत्यु भएको हो।

भागदौडमा अर्का एक जना नेपाली घाइते भएका मक्कामा नै रहेका केन्द्रीय हज कमिटीका अध्यक्ष ताज महम्मद मियाँलाई उधृत गर्दै परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।  

भागदौडमा परी ज्यान गुमाउनेमा बाराका २, पर्साका १ जना रहेका छन्। बाराका इज्हर मियाँ र सुलेमान मियाँ, पर्साका जाकिर हुसेनको मृत्यु भएको मन्त्रालयका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए। भागदौडमै अर्का एक जना नेपाली घाइते भएका छन्। उनको अवस्था खतरामुक्त रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै कालगतिले मृत्यु हुने नेपालीमा सुनसरीका ७१ वर्षका रफिक मियाँ र बाँकेका बर्कतुल्ला मियाँ रहेका छन्। बर्कतु्ल्ला सुगरको विरामी रहेकाले कालगतिले मृत्यु भएको केन्द्रीय हज कमिटीका अध्यक्ष मियाँले बताए। 

मुसलमान समुदायको ठूलो पर्व बकर इदको अवसरमा संसारभरका मुलसमानहरु हज गर्न साउदी अरबको मक्का पुगेका हजयात्रीहरु भागदौड हुँदा ७ सय १७ जनाको मृत्यु भएको बेलायती समाचार संस्था बिबिसीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell