PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​अनलाइनबाट संकलित डेढ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा



​अनलाइनबाट संकलित डेढ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा

काठमाडौं : इसेवाले प्रधानमन्त्री दैवी उद्धार राहत कोषमा एक लाख ५१ हजार एक सय ११ रुपैयाँ उपलब्ध गराएको छ। इसेवाका प्रमुख कार्यकारी अधिकृत असगर अलीले ५१ हजार एक सय ११ रुपैयाँ रकमको चेक बुधवार प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे।

इसेवाको अनलाइन सहयोग संकलनमा बिजमान्डु डट कम तथा पहिलोपोस्ट डट कमको पनि सहयोग थियो।

चेक बुझ्दै प्रधानमन्त्री कोइरालाले दुःख परेको बेला सहयोग गरेको भन्दै धन्यवाद दिए। उनले यो काम सह्रानीय भएको पनि बताए।

'बाढी पहिरोले धेरै मानिसले दुःख पाए। यो राज्यको दुःख हो', उनले भने, 'यस्तो दुखद अवस्थामा तपाईहरुले राज्य प्रतिको कर्तव्य पुरा गर्नुभएको छ। म तपाईहरु जस्ता नागरिकलाई हार्दिक धन्यवाद दिन चाहन्छु।'

अनलाइन पेमेन्ट सिस्टम इसेवाले इच्छा अनुसारको रकम अनलाइनमार्फत बाढीपीडितलाई सहयोग गर्न अपील गरेको थियो। कोषमा छ सय ६५ सय जनाले एक लाख १४ हजार सात सय ५७ रुपैयाँ जम्मा गरेका थिए।

संकलित रकममा इसेवा, बिजमान्डु र पहिलोपोस्टले रकम थपेर एक लाख ५१ हजार एक सय ११ रुपैयाँ उद्धार कोषमा हस्तान्तरण गरेका हुन्। सहयोग गर्नेहरुको सूची इसेवाको वेबसाइटमा उपलब्ध छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell