PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​पत्रकार श्रीलाल साह बचाउ अभियान



​पत्रकार श्रीलाल साह बचाउ अभियान

काठमाडौं : नेपाल पत्रकार महासंघले लामो समयदेखि छातीको गम्भीर संक्रमणको उपचार गराइरहेका पत्रकार श्रीलाल साहको उपचारमा आर्थिक सहयोग पुर्‍याउन ‘पत्रकार श्रीलाल साह बचाउ अभियान’ सुरु गरेको छ।

वातावरण र दिगो विकासमा लामो समयदेखि सक्रियतापूर्वक कलम चलाउँदै आएका पत्रकार साहको आर्थिक अवस्था कमजोर रहेकोले उहाँको निजी स्रोतबाट उपचार गराउन सम्भव नभएपछि महासंघले यो अभियान चलाएको हो ।

पत्रकार साहको जीवन बचाउन आफ्ना सबै सदस्य र आमसञ्चारकर्मीलाई एक सय रुपैयाँका दरले सहयोग गर्न नेपाल पत्रकार महासंघ अपिल गर्दछ।

अभियान आरम्भ गर्दै आजै नेपाल पत्रकार महासंघले पत्रकार साहको उपचारका लागि १५ हजार सहयोग गरेको छ। साथै  महासंघका पदाधिकारी, केन्द्रीय सदस्य तथा सल्लाहकारहरूका तर्फबाट पनि एक सय रुपैयाँका दरले सहयोग संकलन गरिएको महासं३ले जनाएको छ।

श्रमजीवी पत्रकारको जीवन बचाउन नेपाल पत्रकार महासंघको नाममा रहेको पुतलीसडकस्थित कुमारी बैंक लिमिटेडको ०१०१५२४०४०४०१०१६ खातामा सहयोग जम्मा गर्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell