PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​गोल्डेन ह्यान्डसेक गर्दिनुस्, पर्यटन बोर्ड छाड्दिन्छु: निरौला



​गोल्डेन ह्यान्डसेक गर्दिनुस्, पर्यटन बोर्ड छाड्दिन्छु: निरौला

काठमाडौं : नेपाल पर्यटन बोर्डका कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) सुवास निरौलाले भ्रष्टाचार आरोपमा हुने कारबाहीबाट बच्न गोल्डेन ह्यान्डसेक माग गरेका छन्।

पर्यटन बोर्ड सञ्चालक समितिसमक्ष उनले आफ्नो कार्याकाल सकिन लागेको समयमा आर्थिक अनियमितताको आरोप लागेका कारण यसबाट हुने कारबाही अगाडि नै गोल्डेन ह्यान्डसेक मागेका हुन्।

यो पनि पढ्नुहोस्: सरकारै डराउँछ पर्यटन बोर्डका कामु सिइओ सुवास निरौलादेखि

बुधवार संसदको सार्वजनिक लेखा समितिमा निरौलाले आफ्नो कार्याकाल सकिन दुई वर्ष बाँकी रहेकोले आफू विवादित रहेर पदमा बस्न नचाहेको बताए। 'मलाई विवादित हुन मन छैन। गोल्डेन ह्यान्डसेकबाट बिदा गर्नुस्', उनले भने।

निरौलाले यस अवधिमा आफैं सिइओको प्रतिस्पर्धीसमेत भएकोले गोल्डेन ह्यान्डसेक दिएर बिदा गरेमा आफू खुसीसाथ बोर्ड छोड्न तयार रहेको बताए

समिति बैठकमा निरौलाले पर्यटन बोर्डमा भएको आर्थिक अनियमितताका विषयमा परेको कुनै पनि उजुरीबारे आफूलाई थाहा नभएको जबाफ दिए।

सभासद् धनराज गुरुङले पर्यटन बोर्ड छानबिन समितिले औंल्याएको विषयमाथि प्रश्न गर्दा निरौलाले गोलमटोल जवाफ दिए। सोधिएका प्रश्नको सोझो उत्तर नदिएर उनले नबुझिने हिसाबले घुमाउरो उत्तर दिए।

पर्यटन बोर्ड सञ्चालक समितका तत्कालिन अध्यक्ष तथा पूर्व पर्यटन सचिव सुशील घिमिरेसहितका ११ जनाको सञ्चालक समितिबाट थप जबाफ लिएर मात्रै बोर्डको आर्थिक अनियमिताको विषयमा कारबाहीको निर्देशन दिन सकिने सार्वजनिक लेखा समितिका अध्यक्ष जनार्दन शर्माले बताए।

बोर्डमा आर्थिक अनियमिता गरेको आरोप लागेका निरौलाले भने सबैतिरबाट आफूलाई एकतर्फी रुपमा खेदिएको आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell