PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

​बजार गएका युवकको हात काटिएपछि सुनौली नाकामा तनाव



​बजार गएका युवकको हात काटिएपछि सुनौली नाकामा तनाव

भैरहवा :  सुनौलीमा सीमा पारी बजार गएका रुपन्देही भलवारीका कृष्णबहादुर क्षेत्रीको हातसहित शरीरमा धारिलो हतियार प्रहार भएको छ।

घाइते क्षेत्रीको चार वटा औँला काटिएका र शरीरका धेरै स्थानमा धारिलो हतियारले काटेको घाउ भएको रुपन्देहीका प्रहरी नायब उपरीक्षक डिएसपी महेन्द्र खड्काले बताए।

सुनौली नाकामा आन्दोलन कमजोर भएको भन्दै सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले कमान सम्हालेकै दिन त्यहाँको स्थिति तनावग्रस्त भएको हो। यसअघि भैरहवा भन्सार नाकामा धर्नाको जिम्मा तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई दिइएको थियो।

भैरहवास्थित बेलहिया नाकामा नाकाबन्दी गर्न भन्दै मोर्चाका कार्यकर्ताहरु भन्सार नाका क्षेत्रमा धर्ना बस्न खोजेपछि प्रहरीले हटाउँदा झडप भएको थियो। दशगजा क्षेत्रबाट प्रदर्शनकारीले ढुंगा बर्साएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell