PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​एमाओवादीका तर्फबाट चार सभासद् मन्त्रिपरिषद्‍द्वारा मनोनीत



​एमाओवादीका तर्फबाट चार सभासद् मन्त्रिपरिषद्‍द्वारा मनोनीत

काठमाडौँ : संविधान सभामा सरकारले मनोनयन गर्ने २६ जना सभासदहरुको भागवण्डामा एमाओवादीको भागमा परेको चार सभासद्लाई मन्त्रिपरिषद्ले आज मनोनीत गरेको छ।
 
मनोनीत हुने सभासद्‍हरुमा हालै दिवंगत भएका एमाओवादी उपाध्यक्ष पोस्टबहादुर बोगटीकी श्रीमति राममाया बोगटी, वाम बुद्धिजीवी श्यामकुमार श्रेष्ठ, जनकराज जोशी र जनकबहादुर बूढा रहेका छन्।
 
त्यसैगरी आजैको बैठकले राससका महाप्रबन्धकमा श्रीरामसिंह बस्न्यातलाई नियुक्त गरेको छ।   

मनाङ र मुस्ताङमा भएको हिमपातका कारण भएको क्षतिलाई ध्यानमा राख्दै उद्दार प्रभावकारी बनाउन पर्यटन मन्त्रीको संयोजकत्व श्रममन्त्री र मुख्य सचिव सदस्य रहेको अनुगमन समिति बनाउने निर्णय सरकारले आज गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell