PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

काफ्ले बाँकी अवधिका लागि विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त



काफ्ले बाँकी अवधिका लागि विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त

काठमाडौँ :  सरकारले बाँकी अवधिका लागि नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा मुकेश काफ्लेलाई नियुक्त गरेको छ।  सर्वोच्च अदालतले गत साउनमा काफ्लेलाई नियुक्त गर्न उर्जा मन्त्रालयलाई आदेश दिएपछि मन्त्रिपरिषद्को आजको बैठकले काफ्लेलाई नियुक्त गरेको हो।

दुई वर्षअघि भएको प्रबन्ध निर्देशकको खुल्ला प्रस्पिर्धामा काफ्ले दोस्रो स्थानमा थिए।

प्राधिकरणका तत्कालिन प्रबन्ध निर्देशक रामेश्वर यादव भ्रष्टाचार अभियोगमा निलम्बनमा परेपछि उर्जा मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेर हटाएको थियो।

त्यसपछि मन्त्रालयले तत्कालका लागि अर्जुन कार्कीलाई प्रबन्ध निर्देशक बनाएको थियो। गत असार २ गते कार्की कामु क्षेत्रीय प्रशासक बनेपछि प्रबन्ध निर्देशक पद फेरि खाली भएको थियो।

यादवलाई हटाएपछि  नै उक्त पदमा आफूले नियुक्ति पाउनुपर्ने मागसहित काफ्ले सर्वोच्च अदालत पुगेका थिए।

तत्कालीन प्रधानन्यायाधीश दामोदर शर्मा र चोलेन्द्रशम्शेर राणाको संयुक्त इजलासले भ्रष्टाचारको अभियोग लागेपछि निलम्बनमा परेका कार्यकारी निर्देशक रामेश्वर यादवको स्थानमा काफ्लेलाई नियुक्ति दिनुपर्ने फैसला गरेको थियो। 

यसै अनुसार तीन वर्ष चार महिना बाँकी अवधिका लागि काफ्लेलाई नियुक्त गर्ने निर्णय आज मन्त्रिपरिषद्ले गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell