PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

​कोइरालाको उम्मेदवारीको विरोध गर्दै खड्काले दिए राजीनामा



​कोइरालाको उम्मेदवारीको विरोध गर्दै खड्काले दिए राजीनामा

  • पहिलोपोस्ट-
काठमाडौं : सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने पार्टीको निर्णयप्रति असहमति जनाउँदै नेपाली कांग्रेसका  सहमहामन्त्री पूर्णबहादुर खड्काले राजीनामा दिएका छन्। पार्टीको निर्णय ‘गलत र दुर्भाग्यपूर्ण’ रहेको भन्दै उनले सहमहामन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्दै फरक मत सार्वजनिक गरेका छन्।

पार्टी सभापतिले उम्मेद्वारी दर्ता गरेकै स्थानमा पत्रकारहरुसँग कुरा गदै सहमहामन्त्री खड्काले ‘भद्र सहमति भएको’ र त्यसलाई उल्टाइएको दावी गरे। ‘मैले पार्टी सभापतिलाई पनि भेटेर स्पष्ट कुरा राखेको छुँ’ उनले भने, ‘केन्द्रीय समितिको बैठक नबोलाइकन निर्णय गरिएको छ, यसले पार्टीलाई मात्र होइन समग्र राष्ट्रिय राजनीतिलाई घाटा पुयाउने छ।’

उनले नेपालका राजनीतिक दल एक भएमात्र भारतको नाकाबन्दीविरुद्ध उसँगको डिल गर्न सहज हुने भन्दै पार्टीहरु नै विभाजित हुँदा राष्ट्रियता थप कमजोर हुने बताए। खड्काले फरक मत राखेपनि महामन्त्री कृष्ण सिटौलाले भने कांग्रेसका तीन शीर्ष नेताको छलफलपछि पदाधिकारी बैठकले निर्णय गरेको बताए। ‘यो कसैको पनि बहुमत नभएको संसद हो, यसमा कसलाई ककस्को समर्थन छ भन्ने कुरा भोलि परिणाम आएपछि मात्र थाहा हुन्छ’ उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell