PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

न्युयोर्कबाट प्रकाशन हुने नेपाली पत्रिकालाई सिटी काउन्सिलको सम्मान



न्युयोर्कबाट प्रकाशन हुने नेपाली पत्रिकालाई सिटी काउन्सिलको सम्मान

न्युयोर्क : एक दशकदेखि न्युयोर्कबाट 'एभरेस्ट टाइम्स' प्रकाशन गरी नेपाली समुदायमा योगदान गरेको भन्दै पत्रिकाका प्रधानसम्पादक आङछिरिङ शेर्पालाई न्युयोर्क सिटी काउन्सिलले सम्मान गरेको छ। 

पत्रिकाको दशौ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा न्यूयोर्कको क्विन्सस्थित बेलेजिनो हलमा काउन्सिलको तर्फबाट सदस्य कोस्टा कोन्टानटिनिदेसले शेर्पालाई सम्मान गरेका हुन्।

कोस्टाले एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक तेम्बा दोङमा हयोल्मो, एभरेस्ट टाइम्सका नेपाल व्युरो प्रमुख नेत्र तामाङ, पत्रकार मच्छे गुरुङ, इन्दिरा चोङबाङ, गीतकार पासाङ नुर्बु शेर्पा र प्राविधिक सहयोगी रोज मोक्तानलाई पनि सम्मान पत्र प्रदान गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाली कन्सुलेटका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले एभरेस्ट टाइम्सले प्रवासमा नेपाली भाषा, धर्म र सस्कृतिको संरक्षणको लागि महत्वपूर्ण योगदान पुर्‍याउदै आएकोमा प्रशंसा गरेका थिए।

कार्यक्रममा एभरेस्ट टाइम्सले दशौँ वर्षको अवसर पारेर प्रकाशित विशेषांक पुस्तिकाको पनि विमोचन गरिएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell