PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कतारमै कामदारको सहज स्वास्थ्य परीक्षण हुनुपर्ने तरुण दलको माग



कतारमै कामदारको सहज स्वास्थ्य परीक्षण हुनुपर्ने तरुण दलको माग

काठमाडौं : वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका नेपाली कामदारहरुको सहज स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन नेपाल तरुण दलले त्यहाँ स्थित नेपाली दुतावासलाई आग्रह गरेको छ।

सहज स्वास्थ्य परीक्षणको व्यवस्था नहुँदा धेरै नेपाली कामदारको मृत्यु भएका भन्दै तरुण दलले कामदारको सहज स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन दुतावासलाई आग्रह गरेको हो। 

नेपाली कामदारको अवस्था बुझ्न कतार गएको नेपाल तरुणदलका उपाध्यक्ष  उत्तम चापागाई सहितको टोलीले नेपाली राजदुत रमेश कोईरालालाई भेट्दै कामदारको अवस्था र उनीहरुको सुरक्षा लगायत विषयमा जानकारी लिएका थिए। 

कामदारले कमाएर ल्याएको पैसाले नेपालको अर्थतन्त्र र उनीहरुको परिवार चल्दै आएकाले भन्दै चापागाईले कामदारका परिवारको स्वास्थ्य विमाकासाथै कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने सहज व्यवस्था कतारमा पनि गरिनु पर्न बताए। 

देशको अर्थतन्त्र धान्ने कामदारको स्वास्थ्यलाई सरकारले कमजोर मान्न मिल्दैन भन्दै चापागाईले वैदेशिक रोजगारमा गएका युवायुवतीहरु स्वास्थ्य रहेको खण्डमा राज्यलाईनै फाइदा हुने मत राखेका थिए।
 
अधिकांश मानिस अशिक्षित भएका कारण सम्बन्धीत देशको भाषा र वातावरणबारे जानकारी नहुँदा आफूलाई भएको स्वास्थ्य समस्या लुकाउने गरेका पाइएको छ। 

भाषाले गर्दा आफूलाई भएको स्वास्थ्य समस्या नभन्ने र अस्पताल समेत नजाने भएकाले धेरैको मृत्यु भएको पाइएको छ। 

नेपालबाट हरेक दिन १ हजार देखि १२ सय जना रोजगारको खोजिमा युवाहरु विदेशिने गरेको श्रम मन्त्रालयले जनाएको छ।

कतारका लागि नेपाली राजदूत रमेश कोईरालाले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै समस्या समाधान तर्फ अग्रसर हुने बताएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell