PahiloPost

Oct 21, 2019 | ४ कात्तिक २०७६


जिमेल र गुगल ड्राइभमा किन समस्या आयो? पत्ता लगाउन अनुसन्धान गर्दै गुगल



जिमेल र गुगल ड्राइभमा किन समस्या आयो? पत्ता लगाउन अनुसन्धान गर्दै गुगल
फोटो: lifewire.com

विश्वभर जिमेल र गुगल ड्राइभमा समस्या देखिएको खबर आएपछि गुगलले ती रिपोर्टहरुबारे अनुसन्धान गरिरहेको जनाएको छ।

गुगलले आफ्नो वेबसाइटमा 'सर्भिस डिसरपसन' भन्दै जिमेल र गुगल ड्राइभमा समस्या आएको उल्लेख गरेको छ। 

'केही देशहरुका प्रयोगकर्ताहरुले जिमेल र गुगल ड्राइभ प्रयोग गर्न सके पनि मेसेज वा फाइलहरु ट्रान्सफर, डाउनलोड वा सेयर गर्न सकिरहेको छैन' गुगलले उल्लेख गरेको छ।

गुगलले आफ्नो इन्जिनियरिङ टोलीले समस्याका बारे अनुसन्धान गरिरहेको बताएको छ। यस्तै यससम्बन्धी छिट्टै अर्को सूचना जारी गर्ने बताएको छ।
 
बिहानैदेखि जिमेल र गुगल ड्राइभमा समस्या देखिएपछि गुगलमा धेरै राष्ट्रबाट रिपोर्ट गरिएको थियो।



जिमेल र गुगल ड्राइभमा किन समस्या आयो? पत्ता लगाउन अनुसन्धान गर्दै गुगल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell