PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गर्मी बढेसँगै चीनको हेनानमा स्वचालित 'स्मार्ट वाटर स्प्रे' जडान



गर्मी बढेसँगै चीनको हेनानमा स्वचालित 'स्मार्ट वाटर स्प्रे' जडान
फोटो: PEOPLE'S DAILY

चीनमा गर्मीका कारण मानिसहरुलाइ जीवनयापन गर्ने कठिन भइरहेको छ । विशेषगरी विद्यार्थी, कामको लागि बाहिर जाने र विभिन्न पसल संचालन गर्दै आएका मानिसहरुलाई गर्मीका कारण प्रभावित भएका छन्। आउने दिनमा गर्मी अझै बढ्ने सम्भावना रहेको छ।

गर्मी बढ्दै गएपछि चीनको मध्य क्षेत्रमा रहेको हेनान प्रान्तमा 'स्मार्ट वाटर स्प्रे' जडान गरिएको छ। शहरभर जडान गरिएका १० वटा स्मार्ट स्प्रेले हावाको तापक्रमको पहिचान गरि स्वचालित रुपमा आफै पानीका फोहोरा फाल्छ।

 

विशेष गरी बस स्टप र पार्कहरुमा स्थापना गरिएका यस प्रकारका स्प्रेबाट पानी फालिँदा बालबालिकाहरु रमाइरहेको देख्न सकिन्छ।

यसले वातावरण प्रदुषणमा कमी आउने र गर्मीका कारण प्रभावित मानिसहरुलाई केही राहत दिने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell